महोत्तरी प्रहरीले १०९ किलो ६१० ग्राम अवैध लागुऔषध गाँजासहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको अधारमा बिहीबार राति जिल्ला प्रहरी कार्यालय र थप प्रहरी चौकीको संयुक्त टोलीले रामगोपालपुर नगरपालिका– ७ बाट बेवारिसे अवस्थामा डिएल १ सिक्यु ५८६९ नम्बरको कारबाट गाँजा नियन्त्रणमा लिएको हो।
कारको पछाडि रहेको डिकीभित्र रातो रंगको प्लास्टिकले बेरेको अवस्थामा २० पोका गाँजा फेला पारेको बताइएको छ। प्रहरीले गाँजा ओसारपसार गर्ने व्यक्तिहरूको खोजतलाससहित आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।