नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का धनकुटा इन्चार्ज तथा संखुवासभा जिल्लाका कार्यवाहक इन्चार्ज पुष्पबहादुर कोइरालाले पदबाट राजीनामा दिएका छन्।
भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेपछि नैतिकताको आधारमा राजीनामा दिएको कोइरालाले उल्लेख गरेका छन्। उनले राजीनामापत्रमा ‘निर्वाचनमा पार्टीले आंशिक मत मात्र प्राप्त गरेकाले नैतिक रूपमा पार्टीको जिम्मेवारीमा रहन उचित नहुने’ बताएका छन्।