नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बैठक सुरु भएको हो।
दिउँसो १ बजेका लागि डाकिएको बैठक एक घण्टा ढिला गरी सुरु भएको हो। बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिटसंख्याको आधारमा प्रतिनिधिसभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने बताइएको छ।