धनकुटाको महालक्ष्मी नगरपालिकामा धूम्रपान र मद्यपानमा पूर्ण प्रतिबन्ध

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

धनकुटाको महालक्ष्मी नगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सरकारी कार्यालय र कार्यालयमा सञ्चालित चमेना गृहहरूमा धूम्रपान र मद्यपान सेवन तथा बिक्री–वितरणमा पूर्ण रूपमा रोक लगाएको छ ।

नगर कार्यपालिकाको ०८२ फागुन ११ गतेको निर्णयअनुसार सो निर्णय कार्यान्वयन गराउन नगरपालिकाले सम्पूर्ण मातहत कार्यालयहरूलाई सूचना जारी गर्दै आग्रह गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईद्वारा जारी सूचनामा नगरपालिकाको मुख्य कार्यालय, कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालयहरू, मातहतका स्वास्थ्य संस्थाहरू र त्यहाँ सञ्चालित चमेना गृहहरूमा धूम्रपान र मद्यपान सेवन तथा बिक्री–वितरणमा पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ ।

सुझावित समाचार