आगलागीमा परी एक घर जल्यो

शनिबार, ३० फागुन, २०८२
डिजिटल संस्करण

जिल्लाको गोकुलगंगा गाउँपालिका–१, चुचुरस्थित शिवालयमा गएराति आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। आगलागीमा परी स्थानीय विक्रम राईको घर जलेर नष्ट भएको हो। उनको घरमा जडान गरिएको विद्युत् लाइन सर्ट भएर आगलागी भएको स्थानीयहरूले बताएका छन्।

आगलागीवाट घरमा रहेका सुन र चाँदीका गरगहना, भाँडावर्तन, लत्ताकपडा र खाद्यान्नलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरी चौकी शिवालयका प्रहरी सहायक निरीक्षक प्रदीपकुमार यादवले जानकारी दिए।

उनका अनुसार आगलागीबाट करिब १० लाखबराबरको सामग्री जलेर नष्ट भएको अनुमान गरिएको छ। आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। बेलुका ८ बजेको समयमा लागेको आगो स्थानीय, प्रहरीसमेतको सहयोगमा राति नियन्त्रणमा लिए तापनि घर भने पूर्ण रूपमा जलेको हो।

घर आगलागी भएपछि राईको परिवार अहिले आफन्तको घरमा बसेका छन्। 

सुझावित समाचार