कर्णाली प्रदेश सभा बैठक चैत ५ गते बस्ने

शुक्रबार, २९ फागुन, २०८२
डिजिटल संस्करण

माघ २५ गते विपक्षी दलद्वारा अवरुद्ध गरेपछि स्थगित कर्णाली प्रदेश सभा बैठक चैत ५ गते बस्ने भएको छ । ‎प्रदेश सभा सचिवालयले शुक्रबार कर्णाली प्रदेश सभा सचिवालयले बैठक बस्नेबारे जानकारी गराएको हो ।

माघ २५ गते आइतबार बसेको कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सातौँ अधिवेशनको चौथो बैठकमा सभाको आगामी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएकोमा सभाको आगामी बैठक चैत ५ गते बिहीबार दिनको ३ बजे बस्ने भएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले बताए ।
 

सुझावित समाचार