रात्रिबसलाई डिजिटल निगरानीको व्यवस्था गर्न सिफारिस

चालकको थकान र ध्यान विचलनका कारण धादिङको दुर्घटना भएको निष्कर्ष

शुक्रबार, २९ फागुन, २०८२
डिजिटल संस्करण

तीन साताअघि धादिङमा भएको बस दुर्घटनासम्बन्धी गठित छानबिन कार्यदलले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रतिवेदन बुझाएको छ। 

सहसचिव ऋषिराम तिवारी नेतृत्वको छानबिन कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउँदै रात्रिकालीन बसलाई डिजिटल निगरानीको व्यवस्था गर्न सिफारिस गरेको छ । कार्यदलले सार्वजनिक सवारीचालकको थकान व्यवस्थापन, रात्रिकालीन बसमा अधिकतम कार्यसमय र अनिवार्य विश्रामको व्यवस्थाका साथै डिजिटल निगरानी प्रविधि लागू गर्न सुझाव दिएको मन्त्रालयले जनाएको छ ।  प्रतिवेदन ग्रहण गर्दै मन्त्री अर्यालले अध्ययनले औँल्याएका दुर्घटनाका कारण र दिएका सुझावहरूलाई मन्त्रालयले तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । 

गत ११ फागुनमा पोखराबाट आउँदै गरेको रात्रिबस धादिङको बेनीघाट रोराङ– ५ स्थित त्रिशूली नदीमा खस्दा १९ जनाको ज्यान जाने थियो भने २५ जना घाइते भएका थिए।  

कार्यदलले स्थलगत अध्ययनपछि चालकको थकान, रात्रिकालीन सवारी सञ्चालन र ध्यान विचलनका कारण सवारीसाधन अनियन्त्रित भई उक्त दुर्घटना भएको निष्कर्ष निकालेको छ। दुर्घटनाका घाइतेले चालकको लापरबाहीका कारण दुर्घटना भएको बताएका थिए । 
 

सुझावित समाचार