सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश २०८२ राजपत्रमा प्रकाशित गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउन पाइने बाटो खुला गरेको हो।
पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गरेर बिक्री गर्न स्वीकृति दिने निर्णय गरेको थियो।
स्वदेशी कच्चा पदार्थमा आधारित भई इथानोल उत्पादन गर्ने उद्योगको प्रवर्द्धन गर्दै स्वदेशमा रोजगारी सिर्जना गर्न र पेट्रोलको आयातलाई न्यूनीकरण गर्न इथानोल मिश्रणसम्बन्धी आदेश जारी गरेको बताइएको छ।