अपुष्ट सूचनाको पछि नलाग्न र संवेदनशील स्थानको फोटो-भिडियो नखिच्न साउदीमा रहेका नेपालीलाई आग्रह

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

रियादस्थित नेपाली राजदूतावासले साउदी अरेबियामा रहेका नेपालीहरूलाई त्यहाँको आधिकारिक निकायबाट जारी हुने सूचनाबमोजिम सजग रहन आग्रह गर्दै हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

दूतावासले बुधबार एक सूचना जारी गर्दै पुष्टि नभएका फोटो, भिडियो तथा सूचनालगायत कुनै प्रकारका सामग्री सामाजिक संजालमा पोस्ट तथा सेयर नगर्न आग्रह गरेको छ।

सूचनामा ‘आधिकारिक रूपमा पुष्टि नभएका कुनै पनि प्रकारका समाचार, सूचना, जानकारी तथा फोटो, भिडियोहरू सामाजिक सञ्जालमा नराख्न, सेयर–पोस्ट नगर्न’ भनिएको छ। साथै, सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने स्थान वा वस्तुको फोटो र भिडियोहरू नखिच्नसमेत आग्रह गरिएको छ।

सुझावित समाचार