अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा हायात प्लेस बुटवलले आफ्ना महिला कर्मचारीको अथक समर्पण तथा प्रेरणादायी भूमिकाको प्रशंसा गरेको छ । कम्पनीको निरन्तर वृद्धि, सफलता र उत्कृष्ट ग्राहक सन्तुष्टिमा महिला कर्मचारीले पुर्याएको महत्वपूर्ण योगदानको होटेल व्यवस्थापनले प्रशंसा गरेको हो ।
अतिथि सत्कारदेखि व्यवस्थापन तहको नेतृत्वसम्म उनीहरूको मिहिनेत र लगनशीलताले होटेलको सेवालाई विश्वस्तरीय बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ ।
हाल होटेलमा ४७ जना अर्थात् ३० प्रतिशत महिला कर्मचारी छन् । हायात प्लेस बुटवलले सधैँ कार्यस्थलमा विविधता र समावेशिता रहेको होटेलले जनाएको छ । यसले महिला सशक्तीकरण र समान अवसरप्रति होटेलको प्रतिबद्धता स्पष्ट रूपमा देखाउने होटेलको भनाइ छ ।
मार्केटिङ म्यानेजर सिम्रन सापकोटाका अनुसार हायात प्लेस बुटवलले महिलालाई नेतृत्व गर्न र आफ्ना रचनात्मक विचार अघि बढाउन निरन्तर प्रोत्साहन दिने वातावरण प्रदान गरेको छ ।