कामना सेवा विकास बैंकले आगामी वर्ष ०८३ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले आधुनिक प्रविधिलाई मध्यनजर राख्दै उक्त क्यालेन्डरलाई डिजिटल माध्यमबाट उपलब्ध गराएको जनाएको छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिबाट स्वीकृतप्राप्त उक्त क्यालेन्डरमा समितिद्वारा निर्धारण गरिएका विभिन्न तिथि तथा शुभमुहूर्तहसमेत समावेश गरिएको छ । यसले सर्वसाधारणलाई धार्मिक तथा सांस्कृतिक कार्यका लागि उपयोगी जानकारी प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।
उक्त डिजिटल क्यालेन्डर सहज रूपमा प्राप्त गर्नका लागि बैंकले क्युआर कोडसमेत सार्वजनिक गरेको छ । सो क्युआर कोड स्क्यान गरी बैंकका ग्राहक तथा सर्वसाधारणले ०८३ को क्यालेन्डर हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । उक्त क्युआर कोड बैंकको सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत सार्वजनिक गरिएको बैंकले जनाएको छ ।