पूर्व–पश्चिम राजमार्गकाे दाउन्ने सडकखण्डमा गएराति भारतीय ट्रकले एकै साथ चारवटा सवारीसाधनलाई ठक्कर दिँदा आठजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी गाउँपालिका– २ घिउखोलानजिक पूर्व–पश्चिम राजमार्गमा एकतर्फी सडकमा सुनौलीबाट पूर्वतर्फ आइरहेको युपी २१ बिटी २७९१ नम्बरकाे इन्डियन कन्टेनरले ओभरट्याक गर्ने क्रममा अनियन्त्रित भई तीनवटा बस र एउटा मोटरसाइकललाई ठक्कर दिएको हो ।
कन्टेनरले कर्णाली प्रदेश ०१-००१ ख ११९२ नम्बरको बस, कर्णाली प्रदेश ००२प ९५७० नम्बरको मोटरसाइकल, लु.प्र.०१.००१ ख ०८२२ नम्बरको बस र लु.२ख २४७५ बसलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी कालीकोट जिल्लाको रास्कोट नगरपालिका– ६ बस्ने ३० वर्षीय अमर कार्की, २५ वर्षीय महेन्द्र महतारा, रोल्पा जिल्लाको स्मृति गाउँपालिका– ४ बस्ने ४४ वर्षीय शंकर विष्ट, रामेछाप जिल्लाको मन्थली नगरपालिका– १२ बस्ने वर्ष ३४ को विनोदकुमार अछामी, रोल्पा जिल्लाको रोल्पा नगरपालिका– ४ लिवाङ बस्ने वर्ष ४७ को उदी राम विष्ट घाइते भएका छन् ।
यसैगरी, धरान १५ बस्ने वर्ष ३० को नाम्नु हाङ राई, रोल्पा नगरपालिका– २ बस्ने वर्ष २४ को दर्शन पोख्रेल, सुनसरी नगरपालिका– ५ बस्ने वर्ष ३४ को चन्द्रसिंह थापा, प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका– ७ बस्ने वर्ष ६० को यज्ञप्रसाद भुसाल घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।