लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। बर्दियाको गुलरिया नगरपालिका–११, गणेशपुरबाट मधुवन नगरपालिका– ७, शुक्रबस्ती बस्ने गौरव पुन मगर, झापाको कमल गाउँपालिका– ६, गुवाबारीबाट सोही ठाउँ बस्ने लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो पक्राउ गरिएको छ।

सुनसरी, इनरुवा नगरपालिका– ४ बाट जेम्स राई (उपमहानगरपालिका– १८) र सिद्धार्थ चौधरी (उपमहानगरपालिका– १७) पक्राउ परेका छन्।

दाङ, तुलसीपुर उपमहानगरपालिका– ५ बाट उपमहानगरपालिका– ७ डाँडापातु बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

मकवानपुरको मनहरी गाउँपालिका– ८ सिमपानीबाट राक्सिराङ गाउँपालिका– ६, धुसराङ बस्ने सन्तसिंह लामा र सोही गाउँपालिका– २ बस्ने सन्तवीर मोक्तानलाई पक्राउ गरिएको छ।

कैलालीबाट प्रतीक चौधरी (धनगढी उपमहानगरपालिका– २, बैयाबेहडी) पक्राउ परेका छन् भने सोही जिल्लाबाट विवेक चौधरी (उपमहानगरपालिका– १९, धामी चोक), नमराज बराइली (उपमहानगरपालिका– १२, जुगेडा) र छत्रबहादुर विक पनि लागुऔषधसहित पक्राउ परेका छन्।

कैलाली, लम्कीचुहा नगरपालिका– १ अमौरीबाट जानकी गाउँपालिका– २ परागीपुर बस्ने रमेश दर्लामी मगर, बाँके, कोहलपुर नगरपालिका– ११, सिद्धनगर डेरा गरी बस्ने गोविन्द सुनार र कास्की, पोखरा महानगरपालिका– ९ शान्तिवन बस्ने सुनिल कमरलाई पनि प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीका अनुसार पक्राउ परेकाहरूको विषयमा आवश्यक अनुसन्धान जारी रहेको छ।

सुझावित समाचार