नेपालमा शान्तिपूर्ण र सफल निर्वाचन : बंगलादेशका प्रधानमन्त्री

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

नेपालमा शान्तिपूर्ण र सफल निर्वाचन भएको भन्दै बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले बधाई दिएका छन्। हालै बंगलादेशमा सम्पन्न निर्वाचनबाट चुनिएका प्रधानमन्त्री रहमानले नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन्। 
‘यो महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासले नेपाली जनताको आकांक्षा, सहनशीलता तथा उनीहरूको लोकतान्त्रिक संस्थाहरूको सुदृढतालाई प्रतिबिम्बित गर्दछ,’ रहमानले सामाजिक सञ्जाल फेसबुकमा सोमबार साँझ लेखेका छन्। उनले भनेका छन्, ‘बंगलादेश नेपालका नयाँ सरकार तथा नेपाली जनतासँग नजिकबाट सहकार्य गर्दै हाम्रो दीर्घकालीन मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन तत्पर छ।’

सुझावित समाचार