पर्सामा १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले ५० वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ।
वीरगन्ज महानगरपालिका–१५, भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम साहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। बालिकालाई जबर्जस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।