तीन क्षेत्रमा समानुपातिक मत गणना सुरु हुन बाँकी

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तीन निर्वाचन क्षेत्रमा समानुपातिक मतगणना अझै सुरु हुन सकेको छैन। निर्वाचन आयोगका अनुसार संखुवासभा, इलाम १ र गोरखा १ मा समानुपातिक मतगणना सुरु हुन बाँकी छ।

हालसम्म कुल ९५ लाख ९५ हजार ५११ मतगणना सम्पन्न भएको आयोगले जनाएको छ। जसमध्ये ४६ लाख ३२ हजार ४४६ मत रास्वपा एक्लैले पाएको छ। नेपाली कांग्रेसले १५ लाख ५५ हजार, एमालेले १२ लाख ९७ हजार र नेकपाले ६ लाख ९९ हजारभन्दा धेरै मत प्राप्त गरेका छन्।

सुझावित समाचार