ओखलढुंगामा पाँच मतले रास्वपाका पोखरेल विजयी

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवार कुमार लुइँटेललाई पाँच मतले पछि पार्दै पोखरेल निर्वाचित भएका हुन् । पोखरेलले १३ हजार ९५३ र कांग्रेसका लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गरे ।

नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ र एमालेकी अस्मिता थापा १० हजार ७२० मत ल्याएर चौथो भइन् । श्रम संस्कृति पार्टीका उम्मेदवार डा. उद्धव राईले तीन हजार ८५८ मत ल्याए ।

१५ उम्मेदवारमध्ये पाँचजनाबाहेक अन्यले हजार मतसमेत कटाउन सकेका छैनन् । उज्यालो नेपाल पार्टीका उम्मेदवार किशोरी कार्कीको ९६५ मत आएको छ । एक लाख २२ हजार ७१५ मतदाता रहेको ओखलढुंगामा ५९ हजार ७९ मत खसेको थियो ।

तीन हजार ३५६ मत बदर भएको छ । यसअघि ०६४ मा तत्कालीन माओवादी र ०७० यता कांग्रेस–एमालेले पालैपालो जित्दै आएको ओखलढुंगामा यसपटक रास्वपाले जित निकालेको छ । 
 

See More On

सुझावित समाचार