प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ रास्वपाले ३० लाख मत कटाएको छ। आयोगका अनुसार ६५ लाख सात हजार ११० मत गणना सकिएको छ। जसमा रास्वपाले ३१ लाख ७५ हजार ६९७ मत पाएको छ।
त्यस्तै, कांग्रेसले पनि १० लाख कटाएको छ। उसले १० लाख ७५ हजार ७७७ मत पाएको छ।
एमाले पनि १० लाखनजिक पुगेको छ। उसको नौ लाख १५ हजार ५१० मत रहेको छ।
नेकपाको चार लाख ५३ हजार ७१०, राप्रपाको दुई लाख २५ हजार ३७६, श्रम संस्कृति पार्टीको एक लाख ८५ हजार ३३२ तथा जसपाको ८८ हजार ३५ मत छ।