अछाम-२ मा एमाले विजयी, कांग्रेस झिनो मतान्तरले पराजित

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले जित हासिल गरेको छ। प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार यज्ञबहादुर बोगटीले यो क्षेत्रबाट जित हासिल गरेका हुन। उनले नेपाली कांग्रेसका पुष्प शाहलाई ४७२ मतान्तरले पछि पार्दै जित्न सफल भए। बोगटीले नौ हजार ५१८ मत प्राप्त गरेका छन् भने कांग्रेसका शाहले नौ हजार ४६ मत पाएका छन्।

यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बोगटीले शाहलाई पराजित गर्दै पहिलोपटक सांसद बनेका थिए। त्यसपछि २०७९ सालको निर्वाचनमा भने शाहले बोगटीलाई पराजित गरेका थिए। योपटक उनै शाहलाइ हराउँदै फेरि बोगटीले जितेका छन्।

योपटक का‌ंग्रेसबाट विद्रोह गरेर नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका बलबहादुर कुँवरले ६ हजार ४९३ मत प्राप्त गरेका छन भने रास्वपाका भूपदेव शाहले  चार हजार ५५२ मत सहित चौथो स्थानमा सीमित रहे। नेकपा (माओवादी) का शेरबहादुर विश्वकर्माले ५५८, राप्रपाका मीनबहादुर शाहीले १६७, नेमकिपाका झंकरबहादुर शाहीले ६०, उज्यालो नेपाल पार्टीले ५२ र प्रजातान्त्रिक लोकतान्त्रिकले ११३ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा जम्मा ३२ हजार ४०८ मत खसेको थियो।
 

सुझावित समाचार