समानुपातिकमा रास्वपालाई ४९ प्रतिशत मत, अन्य दलको कति ?

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ४५ लाख ३० हजार ९१३ मत गणना सम्पन्न भएको छ। जसको झन्डै आधा मत राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ।

निर्वाचन आयोगका अनुसार रास्वपाले समानुपातिकतर्फ २२ लाख ३९ हजार ८७० मत प्राप्त गरेको छ। जुन हालसम्म गणना भएको मतको ४९.४३ प्रतिशत हो। यसैगरी, नेपाली कांग्रेसले सात लाख ६० हजार ४८५ (१६.७८ प्रतिशत) र नेकपा एमालेले ६ लाख ४६ हजार ७७० (१४.२७ प्रतिशत) मत पाएका छन्।

यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले तीन लाख चार हजार ६२ समानुपातिक मत पाएको छ। जुन गणना भएको कुल मतको ६.७१ प्रतिशत हो। राप्रपा र श्रम संस्कृति पार्टीले क्रमशः एक लाख ६३ हजार १५१ र एक लाख सात हजार ३२ मत पाएका छन्। गणना भएको कुल मतमा राप्रपाले ३.६० प्रतिशत र श्रम संस्कृतिले २.३६ प्रतिशत मत पाएका छन्।

आयोगको तथ्यांकअनुसार हालसम्म जसपा नेपालले ५२ हजार ४२४ (१.१५ प्रतिशत), राष्ट्रिय परिवर्तन पार्टीले ४९ हजार ७५७ (१.०९ प्रतिशत) र जनमत पार्टीले २५ हजार ९७ (०.५५ प्रतिशत) मत प्राप्त गरेका छन्।

सुझावित समाचार