निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमध्ये १४१ क्षेत्रको नतिजा सार्वजनिक गरेको छ।
जसमा रास्वपाले ११० क्षेत्रमा जित हात पारेको छ। त्यस्तै, कांग्रेसले १६, एमालेले सात, नेकपाले पाँच, श्रम संस्कृतिले एक, राप्रपाले एक र स्वतन्त्र उम्मेदवार एक निर्वाचित भएका छन्।
त्यस्तै, रास्वपाले १५, कांग्रेसले एक, एमालेले तीन, नेकपाले दुई र श्रम संस्कृतिले थप दुई क्षेत्रमा अग्रता लिएको छ।
धनुषा १ को भने मतपरिणाम सार्वजनिक गरिएको छैन।