श्रीमतीको हत्या गरेर भागेका जोशी पक्राउ

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

श्रीमती हत्या गरेको आरोपमा धनगढीका एकजना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका– ७, देवरियाका डम्मरराज जोशीलाई बाँकेको शमशेरगन्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

देवरियामा गत राति आफ्नी श्रीमती ३० वर्षीय सरस्वती अधिकारीको हत्या गरेर फरार भएका जोशीलाई बाँके प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन् । प्रहरीका अनुसार हत्यालगत्तै जोशी फरार भएका थिए।

जोशीले श्रीमतीको टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए । 
 

सुझावित समाचार