जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझायो

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

गत भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले आज प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाएको हो। प्रतिवेदन अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाइने प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले बताएका छन्।

जेन–जी आन्दोलनपछि असोज ५ मा गठन भएको तीनसदस्यीय आयोगमा विज्ञानराज शर्मा र विश्वेश्वर भण्डारी सदस्य छन्।

प्रतिवेदन बुझाउन आयोगका संयाेजक गाैरीबहादुर कार्की, सदस्य बिज्ञानराज शर्मा लगायत प्रधानमन्त्रि कार्यलय पुगेका थिए ।  आयोगका सदस्य शर्माले घटनामा संलग्न बिरूद्द कारबाही सिफारिस गरिएकाे बताए । प्रतिवेदन नाै सय भन्दा धरै पृष्ठकाे भएकाे शर्माले जानकारी दिए । 

आयाेगकाे म्यादावधि आज सकिँदैछ । पछिल्लाे पटक २५ दिनका लागि सरकारले आयाेगकाे म्याद थप गरेकाे थियाे ।

सुझावित समाचार