बर्दिया १ मा रास्वपाका थारू निर्वाचित

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

बर्दिया १ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका ठाकुरसिंह थारू  निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ठाकुरसिंह थारू ४९ हजार ६३१ मत  मत ल्याएर निर्वाचित  भएका हुन्  ।  

उनका निकटतम प्रतिद्वन्द्वी  नेकपा एमाले शालिकराम अधिकारीले १४ हजार ६४३ मत ल्याएका छन्  । यसअघि  निरन्तर तीनपटक जितेक  पूर्वसिँचाइमन्त्री नेपाली कांग्रेस नेता सञ्जयकुमार गौतम  १२ हजार ७२२ मत प्राप्त  गरेर तेस्रो भएका छन् । निर्वाचन थारू आयोगका अध्यक्ष नेपाली कम्युनिस्ट पार्टीका विष्णुप्रसाद थारूले नाै हजार ३८५ मत प्राप्त गरेका छन् । 

प्रतिनिधिसभा क्षेत्र १ मा एक लाख ६८ हजार ३४ जना  मतदाता रहेका छन् । जसमध्ये एक लाख दुई हजार ४८९ जनाले मतदान गरेको थिए भने  पाँच हजार ८८० मत बदर भएको सहायक निर्वाचन अधिकृत  कमल घलेले बताए ।

सुझावित समाचार