उदयपुर १ मा रास्वपाका पारशमणि गेलालको सानदार जित

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

उदयपुरको  निर्वाचन क्षेत्र नम्बर  १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पारशमणि गेलाल निर्वाचित भएका छन् । गेलाल फराकिलो मतान्तरसहित विजयी हुँदा अन्य तीन ठुला दल रक्षात्मक अवस्थामा पुगेका छन् ।  अन्तिम मत परिणामअनुसार गेलालले ३० हजार ५९० मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वीभन्दा १८ हजार ९८४ मतले अग्रता कायम गर्दै विजय हासिल गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यले जानकारी दिए । 

उनका अनुसार दोस्रोमा श्रम संस्कृति पार्टीका राजेशकुमार राई ११ हजार ६०६ मत ल्याएका छन् । चौथोमा नेपाली कम्युनिस्ट पार्टीका बलदेव चौधरीले १० हजार २१ मत प्राप्त गरेका छन् । 

त्यसैगरी नेपाली कांग्रेसका विदुर बस्नेतले नाै हजार ६७५ मत पाएका छन् । नेकपा (एमाले) का दुर्गाकुमार थापाले नाै हजार २०६ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सुभासचन्द्र खड्काले ९४१ मत पाएका छन् ।

सुझावित समाचार