भारत सर्वाधिक १५ पटक फाइनल खेल्दै

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

भारतीय क्रिकेट टिमले आइसिसी प्रतियोगिताको इतिहासमा कीर्तिमानी १५औँ पटक फाइनल खेल्ने भएको छ । कुनै पनि टिमले सबैभन्दा धेरैपटक फाइनल खेल्न लागेको यो नै पहिलोपटक हो ।

यसअघि अस्ट्रेलिया र भारतले समान १४औँ पटक फाइनल खेलेका थिए । सन् १९८३ मा कपिल देवले पहिलो उपाधि जिताएपछि सुरु भएको यो यात्रा अहमदाबादमा हुने फाइनलसम्म पुग्दा सातौँ उपाधि भइसकेको छ ।

आइसिसीले आयोजना गर्ने प्रतियोगिता (एकदिवसीय विश्वकप, च्याम्पियन्स ट्रफी, टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप)मा भारत सबैभन्दा सफल टिम हो । उसले १४ मध्ये १० ट्रफी जितिसकेको छ । सन् २००२ मा भएको च्याम्पियन्स ट्रफीमा वर्षा हुँदा भारत र श्रीलंकाले दुई दिन खेले । तर, त्यसपछि पनि खेल नहुँदा दुवै टिमलाई संयुक्त विजेता घोषणा गरिएको थियो । 

भारतले पछिल्लोपटक सन् २०२५ मा च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । जुन वेला कप्तान रोहित शर्मा थिए । भारतले न्युजिल्यान्डलाई हराएको हो । अब, भारत सूर्यकुमार यादवको कप्तानीमा आठौँ पटक उपाधि जित्ने योजनामा छ । 

अहमदाबादमै भारतले न्युजिल्यान्डसँग खेल्दै छ । भारतले सन् १९८३ मा पहिलोपटक एकदिवसीय विश्वकप जित्यो । सन् २००० मा भएको च्याम्पियन्स ट्रफीमा हार्दा सन् २००३ मा भने श्रीलंकासँग संयुक्त विजेता बन्यो । सन् २००३ मा अस्ट्रेलियासँग एकदिवसीय विश्वकपमा पराजित भयो । सन् २००७ मा पाकिस्तानलाई हराउँदै पहिलो टी–२० विश्वकपको उपाधि नै जित्यो ।

सन् २०११ मा एकदिवसीय विश्वक, सन् २०१३ मा च्याम्पियन्स ट्रफी, सन् २०१४ मा टी–२० विश्वकप, सन् २०१७ मा च्याम्पियन्स ट्रफी, सन् २०२१ र २०२३ मा विश्व टेस्ट च्याम्पियनसिप, सन् २०२३ मा एकदिवसीय विश्वकप र सन् २०२४ मा टी २० विश्वकप जितेको थियो । सन् २०२५ मा भने टोलीले च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । 

यता, भारत र अस्ट्रेलियाले हालसम्म समान १४ फाइनल खेल्दा इंग्ल्यान्डले नौ तथा वेस्ट इन्डिजले आठ फाइनल खेलेको छ । पाकिस्तानले ६, तथा श्रीलंका र न्युजिल्यान्डले समान सात तथा दक्षिण अफ्रिकाले तीनपटक फाइनल खेलेका छन् । 

See More On

सुझावित समाचार