कपिलवस्तु २ मा पूर्वएसएसपी थापा विजयी

आइतबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

कपिलवस्तुको क्षेत्र नम्बर २ मा रास्वपाबाट विक्रमसिंह थापा विजयी भएका छन्। २७ हजार ६३५ मत ल्याएर उनी विजयी भएका हुन्। 

दोस्रो स्थानमा रहेका कांग्रेसका सुरेन्द्रराज आचार्यले २१ हजार ५२७ तथा तेस्रो स्थानमा रहेका नेकपाका वृजेश गुप्ताले २० हजार ४४२ मत पाए। 

विजयी भएका थापा नेपाल प्रहरीका पूर्वएसएसपी हुन्। अघिल्लो निर्वाचनमा उनी प्रदेश सभामा प्रतिस्पर्धा गरेर पराजित भएका थिए। 
 

सुझावित समाचार