कास्की १ मा रास्वपाका खडकराज

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खडकराज पौडेल ‘गनेस’ विजयी भएका छन्। यस क्षेत्रमा खसेको ७० हजार १५० मतमध्ये आफ्ना अन्य १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै ३९ हजार ८८३ मत ल्याएर पौडेल विजयी भएका हुन्।

निकटतम नेपाली कांग्रेसका तिलक रानाभाटले भन्दा विजयी पौडेलले २८ हजार ६६९ मत बढी ल्याएका थिए।

निकटतम रानाभाटले ११ हजार २१४ मत प्राप्त गर्दा, नेकपा एमालेका बैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९, नेकपाका राजकाजी गुरुङ दुई हजार ४७९, श्रम संस्कृतिका विलबहादुर तामाङ लामाले एक हजार १४१, राप्रपाका बाबुराम थापाले ९७८, उज्यालो नेपालकी मनीषाले ६७० मत प्राप्त गरिन्।

खसेको कुल मतमध्ये ६७ हजार ४१० मत सदर हुँदा दुई हजार ७४० मत बदर भएको थियो।

सुझावित समाचार