सत्तापक्ष र प्रतिपक्षको भूमिका खेल्नुपर्ने परिस्थिति आयोः खरेल

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

रुपन्देही क्षेत्र नम्बर २ बाट नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलले मतपरिणामलाई मतदाताले जिम्मेवारी आफूलाई सुम्पिएको रूपमा लिएको बताएका छन्।

विजयी भएपछि बुटवलमा गरिएको धन्यवाद र्यालीको कार्यक्रममा उनले मतदाताले अपार माया दिएकोमा खुसी व्यक्त गर्दै मतदाताले दिएको जिम्मेवारी पूरा गर्न लागि पर्ने बताए। उनले यस पटकको मतपरिणामले रास्वपालाई सत्ता र पतिपक्ष दुवैतर्फको भूमिका निर्वाह गर्ने परिस्थिति सिर्जना गराएको भन्दै जनताले चाहेको काममा लागि पर्ने प्रतिबद्धता जनाए।

उनले मुलुकमा सिर्जना भएको नैराश्यता चिर्न युवालाई प्रधानमन्त्रीका रूपमा पार्टीले अगाडि सारेको भन्दै केही दिनपछि बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएपछि जनआंकाक्षाअनुरूप काम गर्न लागिपर्ने बताए0।

खरेल विजय भएपछि मतगणनास्थलबाट बुटवलको देवीनगर चौपारीसम्म पैदलयात्रा गर्दै सहिदहरूको बलिदानप्रति सम्मान व्यक्त गर्दै कार्यक्रम गरिएको थियो। लोकतन्त्र तथा स्वच्छ राजनीतिको यात्राप्रति आफ्नो प्रतिबद्धता पुनः स्मरण गराउन सो कार्यक्रम गरिएको नवनिर्वाचित खरेलले बताए ।

मतदानको केही दिनअगाडि मात्रै आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै खरेललाई समर्थन गरेका डाक्टर निकोलस भुसाल, रास्वपाको समानुपातिक सूचीमा रहेकी मञ्जु भुसाललगायतले बोल्दै मतदातालाई धन्यवाद ज्ञापन गरेका थिए। 

सुझावित समाचार