प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवार खडकबहादुर बुढा विजयी भएका छन्।
बुढाले २० हजार १४२ मतसहित निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका शक्तिबहादुर बस्नेतलाई पराजित गरेका हुन्। बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालका अनुसार कांग्रेसका बुढा २ हजार ७३५ मतान्तरले निर्वाचित भएका हुन्।
यसैगरी, नेकपा एमालेका उम्मेदवार डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका राघव कार्कीले २ हजार ४७१ मत पाएका छन्।