सल्यानमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्लले आफ्नो अग्रता कायमै राखेका छन्।
कुल ८४ हजार २०१ मत खसेकोमा ४१ हजार ७५९ मत गणना सकिँदा मल्लले ११ हजार ९२८ प्राप्त मत प्राप्त गरेका छन्। मल्ललाई रास्वपाका ललितकुमार चन्दले मतान्तर घटाएर पछ्याइरहेका छन्। चन्दले १० हजार ९५१ मत पाएका छन्।
यस्तै नेपाली कांग्रेसका केशबहादुर विष्टले ८ हजार ३५६, एमालेका गुलाबजंग शाहले ७ हजार ११७ मत ल्याएका छन्। राप्रपाकी अनिसा नेपाली ५११, नेमकिपाका लालबहादुर थापा क्षेत्री ३५, जनमोर्चाकी कमला डाँगी ६३, मंगोल नेशनल अर्गनाइजेशनका बालासिंह घर्ती १८, संयुक्त नागरिक पार्टीका कालिदास विक ५२, नेशनल रिपब्लिक नेपालका डिल्लीबहादुर घर्ती ६९, श्रम संस्कृति पार्टीका धनबहादुर बुढामगर ६८, नेकपा माओवादीका चन्द्रबहादुर खड्का ६९३ तथा स्वतन्त्र उम्मेदवारहरु ध्रुवराज वलीले ८९ र जुद्धबहादुर सिंहले ९ मत प्राप्त गरेका छन्।