पर्सा २ : पूर्वमन्त्री चौरसीयालाई पराजित गर्दै रास्वपाका कानु निर्वाचित

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री अजयकुमार चौरसीयालाई पराजित गर्दै रास्वपाका उम्मेदवार सुशीलकुमार कानु विजयी भएका छन्। कांग्रेसका उम्मेदवार चौरसियालाई १८ हजार ८५० मतले पछाडि पार्दै कानु विजयी भएका हुन्। 

कानुले कुल ३० हजार ७४० मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका प्रतिद्वन्द्वी कांग्रेसका चौरसिया र एमालेकी रिमा कुमारी यादवले क्रमशः ११ हजार ८९० र ११ हजार ६०५ मत प्राप्त गरे।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित कानु यसअघिको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।

पर्सा क्षेत्र नं २ मा ९५ हजार १२० मतदाता रहेकोमा ६५ हजार ८७८ मत खसेको थियो।

सुझावित समाचार