गुल्मी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थी विजयी भएका छन् । निकै प्रतिस्पर्धात्मक रहेको गुल्मी २ मा नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टलाई ५६१ मतान्तरले पराजित गर्दै पन्थी विजयी भएका हुन् ।
पन्थीले १६ हजार ९ सय ६७ मत ल्याएर बिजयी हुँदा प्रतिस्पर्धी बिष्टले १६ हजार ४ सय ६ मत ल्याए । प्रतिस्पर्धामै रहेका नेपाली काँग्रेसका भुवन प्रसाद श्रेष्ठले १४ हजार ४ सय ३४ मत ल्याउँदै गर्दा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार श्रीराम महतले भने जम्मा ३ हजार ७८ मत मात्र ल्याए । बिहीबार भएको प्रतिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं. २ मा ५३ हजार १ सय १४ मत खसेको थियो ।