रास्वपाका चार उम्मेदवार, जो ५० हजार धेरै मत ल्याएर विजयी भए

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका चार उम्मेदवार ५० हजार भन्दा धेरै मत ल्याएर विजयी भएका छन्। पार्टी सभापति रवि लामिछानेसहित डा.लेखजंग थापा, सुलभ खरेल, रुबिना आचार्यले ५० हजार कटाएका हुन्। 

सर्वाधिक मत डा. थापाले पाएका छन्। रुपन्देही ३ मा उनी ५८ हजार ८१४ मतसहित विजयी भएका हुन्। 

त्यस्तै, रुपन्देही २ मा सुलभ खरेलले ५६, ५५०, मोरङ ६ मा रुबिना आचार्यले ५५ हजार ५१३ र चितवत २ मा रवि लामिछानेले ५४,४०२ मतका साथ विजयी भएका हुन्। चारै जना दोब्बरभन्दा धेरै मतान्तरसहित उनीहरु विजयी भएका छन्। 

रास्वपाका बालेन शाह र सोबिता गौतमले पनि ५० हजार मत कटाउने आकलन गरिएको छ। 

सुझावित समाचार