नेपाल मजदुर किसान पार्टीको गढ मानिएको भक्तपुरको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्। ५ हजारभन्दा धेरै मतान्तरसहित यहाँ रास्वपाका रुकेश रञ्जित विजयी भएका हुन्।
उनले ३३ हजार ४३६ मत पाउँदा नेमकिपाका प्रेम सुवालले २८ हजार एक सय ४७ मात्र पाए। तेस्रो स्थानमा रहेका कांग्रेसका किरण न्यौपानले ४२८२ मत पाए।
यो क्षेत्रमा २०४८ सालदेखि निरन्तर नेमकिपा निर्वाचित हुँदै आएको थियो।