ठुलो मतान्तरसहित काठमाडौं ७ र १० मा रास्वपाका उम्मेदवार विजयी

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

काठमाडौंको थप दुई क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। काठमाडौं ७ र काठमाडौं १० मा रास्वपाका उम्मेदवार विजयी भएका हुन्। 

काठमाडौं ७ मा गणेश पराजुली विजयी भए। उनले २७ हजार ८०५ मत प्राप्त गर्दा कांग्रेसका प्रमोदहरि गुरागाईले तीन हजार ९८२ मत पाए। त्यस्तै, एमालेका प्रकाश श्रेष्ठ तेस्रो हुँदै तीन हजार ६६७ मत पाएका हुन्। 

उता काठमाडौं १० मा रास्वपाका प्रदीप विष्ट  ३७ हजार ४६९ मतसहित विजयी हुँदा कांग्रेसका हिमाल कार्कीले आठ हजार एक सय मत मात्रै पाए।  नेकपा एमालेको उम्मेदवार विनोद श्रेष्ठले चार हजार ८६४ मत ल्याएका छन् ।

काठमाडौंको चार क्षेत्रमा यसअघि नै रास्वपाले जितिसकेको छ। अन्य चार क्षेत्रमा पनि उम्मेदवार जितको नजिक छन्। 

सुझावित समाचार