काठमाडौंका तीन क्षेत्रमा रास्वपा विजयी

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्। 

काठमाडौं क्षेत्र नम्बर १ मा रञ्जु दर्जना, क्षेत्र नम्बर ६ मा शिशिर खनाल र क्षेत्र नम्बर ८ मा विराजभक्त श्रेष्ठ विजयी भएका हुन्। शिशिर र विराजभक्त दोस्रोपटक निर्वाचित भएका हुन्। 

तीनै क्षेत्रमा ठुलो मतान्तरसहित उनीहरू विजयी भएका हुन्। 

रञ्जु १५ हजार ४५५ मतसहित विजयी भएकी हुन्। उनी पहिलोपटक प्रतिनिधिसभा सदस्यमा विजयी भएकी हुन्। यहाँ कांग्रेस उम्मेदवार प्रबल थापाले ६ हजार ३६४, राप्रपाका रवीन्द्र मिश्रले तीन हजार ९७२ मत ल्याए । 

त्यस्तै, क्षेत्र नम्बर ६ मा खनाल २१ हजार मतान्तरसहित उनी विजयी भएका हुन्। उनले २७ हजार ७१९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्ण बानियाँ ’सबुज’ले ६ हजार ६४७ मत प्राप्त गरे। माले उम्मेदवार अमन मास्के चार हजार ३७३ मत प्राप्त गरे । 

 काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी भए। ३६ हजार ४९२ मतमा उनले ६० प्रतिशतभन्दा धेरै पाएका हुन्। यो क्षेत्रमा अरू उम्मेदवारको जमानत जफत भएको छ। 

निकटतम प्रतिस्पर्धी नेकपाका सुमन सायमीले यहाँ तीन हजार २१७ मत प्राप्त गरे। त्यस्तै, कांग्रेसकी सपना राजभण्डारीले दुई हजार ८३५  प्राप्त गरिन्। 

काठमाडौंका अन्य सात क्षेत्रमा पनि ठुलो मतान्तरसहित रास्वपाको अग्रता छ। 

सुझावित समाचार