कैलाली ५ मा रास्वपाका चन्द तेब्बर मतान्तरसहित अगाडि

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

कैलाली क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आनन्दबहादुर चन्दले मतान्तर फराकिलो पार्दै लगेका छन् । निकटतम प्रतिस्पर्धीभन्दा उनले करिब तीन गुणा बढी मत ल्याएका छन्।  १० हजार ६१९ मत गणना हुँदा चन्दले पाँच हजार १२२ मत प्राप्त गरेका छन् । 

नेपाली कांग्रेसका नरनारायण शाहले एक हजार ८३६, नेकपा एमालेका यज्ञराज ढुंगानाले एक हजार ४४३ र नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले एक हजार १०८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाहीले २४३ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ६५ हजार ९६३ मत खसेको  छ।
 

सुझावित समाचार