मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमको फराकिलो अग्रता

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश गौतमले फराकिलो अग्रता लिएका छन् ।
जारी मतगणनाअनुसार हेटौँडा उपमहानगरपालिका– २ को तीन हजार ४४८ मत गणना गरिएको छ ।

गणनाको प्रारम्भिक परिणाममा रास्वपाका गौतमले एक हजार ८४७ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले ६५४ मत प्राप्त गरेकी छिन् । नेकपा (एमाले) का उम्मेदवार रामेश्वर रानाले २८५ मत पाएका छन् । यस क्षेत्रमा मतगणना जारी रहेको छ।
 

सुझावित समाचार