मकवानपुर २ मा रास्वपा अग्रस्थानमा, कांग्रेस दोस्रो र एमाले तेस्रो

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मकवानपुर क्षेत्र नम्बर २ मा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ।

हालसम्म मनहरी गाउँपालिकाको वडा नम्बर ९ र ८ का गरी तीन हजार ५१० मत गणना गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यसमध्ये रास्वपाका प्रशान्त उप्रेती एक हजार ६३० मतसहित पहिलो स्थानमा छन्।

नेपाली कांग्रेसका बुद्ध लामा ६१४ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका महेश बर्तौला ५०९ मतसहित तेस्रो स्थानमा झरेका छन्। यसैगरी नेकपाका लवशेर विष्टले २१२ मत प्राप्त गरेका छन्।

यस निर्वाचन क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेको छ।

सुझावित समाचार