काभ्रे १ मा नेकपा र २ मा रास्वपाको अग्रता

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

काभ्रेपलाञ्चाेकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना भइरहेको छ। निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीले र निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाले अग्रता लिएको छ।

क्षेत्र नम्बर १ मा अहिलेसम्म महाभारत गाउँपालिकाको वडा नम्बर ५ र ७ को मतगणना गर्दा नेपाली कम्युनिस्ट पार्टीका दीननाथ गौतम ७५७, नेपाली कांग्रेसका गुणराज मुक्तान ५३८, नेकपा एमालेका अमी तामाङले २०३ र राष्ट्रिय स्वतन्त्र पार्टीका मधुकुमार चौलागाईंले ५४ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। रास्वपाका बदनकुमार भण्डारीले हालसम्म पाँच हजार १११, नेकपा एमालेका अशोककुमार ब्याञ्जू श्रेष्ठले दुई हजार १०८, नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले एक हजार १३२ र नेपाली कम्युनिस्ट पार्टीका बसुन्धरा हुमागाईंले ३३३ मत प्राप्त गरेका छन्।

सुझावित समाचार