कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ज्ञानेन्द्रसिंह महताले दोब्बर मतले अग्रता कायमै राखेका छन् । रास्वपाका महताले एमालेका डा. दीपकप्रकाश भट्टसँग दोब्बरभन्दा बढी अर्थात् एक हजार २१६ मतको अन्तरले अग्रता कायमै राखेका हुन् ।
शुक्रबार दिउँसो अढाई बजेसम्म पाँच हजार २६६ मत गणना हुँदा महताले दुई हजार १२२ मत ल्याएका छन् । एमालेमा भट्टले ९०६, कांग्रेसका हरिप्रसाद बोहराले ८८०, नेकपाका मानबहादुर सुनारले ५२० मत ल्याएका छन् ।