कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपकराज बोहराले पाँच हजारभन्दा बढी मतको अन्तरले अग्रता कायम राखेका छन्।
रास्वपाका बोहराले नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदलाई पाँच हजार ९२ मतको अन्तरले पछि पार्दै अग्रता कायम राखेका हुन्।
शुक्रबार दिउँसो २ बजेसम्मको मतगणनाअनुसार बोहराले सात हजार ३७२, कांग्रेसका साउदले दुई हजार २८०, नेकपाका माधव पन्तले एक हजार ४०९, एमालेका बचनबहादुर सिंहले एक हजार २१२ मत ल्याएका छन्।
क्षेत्र नम्बर २ मा कृष्णपुर ५, ६, ७, ८ र ९ को मतगणना सम्पन्न भएको छ। जहाँ कांग्रेस, एमाले, नेकपाकै पकेट क्षेत्र मानिन्छ।