प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रुकेश रञ्जित अग्रस्थानमा रहेका छन्।
हालसम्म १७ हजार १०७ मत गणना हुँदा रञ्जितले आठ हजार ३०८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले पाँच हजार १७७ मत पाएका छन्। रञ्जित सुवालभन्दा करिब तीन हजार १३१ मतले अगाडि छन्।
यस्तै, नेपाली कांग्रेसका किरण न्यौपानेले एक हजार ३०७ मत ल्याएका छन्। नेकपा (एमाले)का सोमप्रसाद मिश्रले ६९४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भरतबहादुर खड्काले ४३२ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेको छ।