नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ ।
कांग्रेसले मुस्ताङबाट पहिलो जित निकालेको हो । यहाँ कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख लोकेन्द्रबहादुर ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार नेकपा एमालेका इन्द्रधारा डादु विष्टले एक हजार ८०६ मत प्राप्त गरेका छन् ।
यसैगरी, रास्वपाका अधितीयचन्द्र थकालीले ७५९ मत प्राप्त गर्दा नेकपाका ङुटुक गुरुङले १५१ मत पाएका छन् ।
राप्रपाकी कमला लालचनले १६१ मत पाएकी छिन् ।