चितवन २ मा रवि लामिछानले मतान्तर बढाएका छन्।
इच्छाकामना गाउँपालिकाको सातवटाको गणना सकिँदा उनले तीन हजार ९६३ मत पाएका छन्। दोस्रो स्थानमा रहेको एमालेका अस्मिन घिमिरेको एक हजार ९४७, कांग्रेसकी मीना खरेलको एक हजार ७५० तथा नेकपाका प्रताप गुरुङको एक हजार ४५४ मत रहेको छ।