सन् २०१५ : युक्रेनको हिस्सा रहेको क्राइमियाको क्षेत्रीय संसद्ले रुसमा गाभिने पक्षमा मतदान गर्दै १० दिनभित्र यस विषयमा जनमतसंग्रह गर्ने घोषणा गर्यो ।
सन् १५२१ : पोर्चुगिज नाविक फर्डिनान्ड मेगलनल पश्चिम प्रशान्तस्थित टापु गुआम पुग्ने पहिलो युरोपेली बने । मेगलन प्रशान्त महासागर पार गर्ने पहिलो युरोपेली अभियानका क्रममा त्यहाँ पुगेका थिए ।
सन् १८५७ : अमेरिकाको सर्वोच्च अदालतले दास हुन् या स्वतन्त्र अश्वेतहरू अमेरिकी नागरिक बन्न नसक्ने फैसला गर्दै उनीहरूसँग संघीय अदालतमा मुद्दा दायर गर्ने अधिकार नभएको निर्णय गर्यो ।
सन् १८६९ : दिमित्री मेद्भेदेभले विश्वको पहिलो पेरियोडिक टेबल ‘रसियन केमिकल सोसाइटी’मा प्रस्तुत गरे ।
सन् १८८४ : सुसन बी. एन्थोनीको नेतृत्वमा सयजनाभन्दा बढी महिला मताधिकार पक्षधरहरूले अमेरिकी राष्ट्रपति चेस्टर ए. अर्थरसँग भेटेर महिला मताधिकारको समर्थन जनाउन माग राखे ।
सन् १८९९ : जर्मन कम्पनी बेयरले आविष्कारक फेलिक्स होफम्यानले विकास गरेको ‘एसेटाइलसालिसाइलिक एसिड’लाई ‘एस्पिरिन’को रूपमा ट्रेडमार्कका लागि दायर गर्यो ।
सन् १९०० : अमेरिकाको इन्डियानापलिस सहरमा समाजवादीहरूको भेलाले ‘सोसल डेमोक्रेटिक पार्टी’ गठन गर्यो ।
सन् १९३३ : अमेरिकी राष्ट्रपति फ्यांकलिन डी. रुजबेल्ट देशव्यापी ‘बैंक होलिडे’ घोषणा गरे । चार दिन देशभरका बैंक बन्द गरेर महामन्दीपछि बैंकमाथि गुमेको विश्वास फिर्ता गर्ने प्रयास गरिएको थियो ।
सन् १९४६ : फ्रान्सले आफ्नो उपनिवेश ‘इन्डो–चाइना फेडरेसन’अन्तर्गत रहने गरी भियतनामलाई अलग राज्यको मान्यता दियो ।
सन् १९५७ : घाना ब्रिटिस शासनबाट स्वतन्त्र बन्यो ।
सन् १९६४ : महान् बक्सिङ खेलाडी ‘केसियस क्ले’ले आफ्नो इसाई नामलाई दासत्वको नाम भन्दै मोहम्मद अलीमा नाम फेरे ।
सन् १९९२ : डेनमार्कको राजधानी कोपनहेगनमा भएको सम्मेलनले ‘काउन्सिल अफ बाल्टिक सी स्टेट्स(सिबिएसएस)’ गठन गरे ।
सन् १९९४ : रोमानियामा गाभिने वा अलग हुने विषयमा माल्डोभामा यसै दिन भएको जनमतसंग्रहमा अभूतपूर्व ९० प्रतिशतले अलग हुने पक्षमा मत जाहेर गरे ।
सन् २०१५ : नासाले पठाएको ‘डन’ नामक अन्तरिक्षयान यसै दिन सेरेस नामक शिशुग्रहको परिपथमा प्रवेश गर्यो ।