सुदूरपश्चिम प्रदेशमा शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाे विवरणअनुसार यहाँका नौवटै जिल्लामा गरी दिउँसो तीन बजेसम्म ६ लाख ७० हजार ३६५ जनाले मतदान गरेका छन् । जुन कुल मतदाताको करिब ३९ प्रतिशत हो । प्रदेशभरि १७ लाख १६ हजार ६६० मतदाता रहेका छन् ।
तीन लाख ६१ हजार ६८९ महिला, तीन लाख आठ हजार ६७५ पुरुष र एकजना अन्य मतदाताले मतदान गरेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदम विष्टले जानकारी दिए । उनले प्रदेशभरि नै शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको बताए ।
१६ वटा निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा आठ लाख ६४ हजार ४२३ महिला, आठ लाख ५२ हजार २१९ पुरुष र १६ जना अन्य मतदाता छन्