गुल्मीमा ३ बजेसम्म ३९ प्रतिशत मत खस्यो

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मीमा दिउँसो ३ बजेसम्म जम्मा ३९.१८ प्रतिशत मत खसेको छ ।

जिल्लामा ९० हजार २४ मत खसेको प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद गैह्रेले जानकारी दिए । जसमध्ये ४८ हजार ६४३ महिला र ४१ हजार ३८७ पुरुष मतदाताले मत हालेका छन् । 

दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा दुई लाख २९ हजार ५४९ मतदाता छन् । जसमध्ये महिला मतदाता एक लाख १५ हजार २१०, पुरुष एक लाख १४ हजार ३३७ र अन्य दुई जना छन् । 

गुल्मीमा १४५ मतदान स्थलको २८४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेकाे प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।

सुझावित समाचार