पर्साको निर्वाचन क्षेत्र नम्बर १ मा अहिले दिउँसो २ बजेसम्म ५५ प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि जारी मतदानमा उत्साहजनक मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले जानकारी दिए ।
उनका अनुसार वीरगन्ज महानगरपालिकाको बजार क्षेत्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको अवस्था छ । पर्सा १ मा कुल मतदाता ८९,६३८ रहेका छन् । जसमा महिला ३९,२३० र पुरुष ५०,४०६ र अन्य दुईजना मतदाता रहेका छन् ।
यस्तै, यो क्षेत्रमा मतदानस्थल ३४ वटा र मतदान केन्द्र १०३ वटा रहेका छन्।